आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो

File photo
File photo

साताको पहिलो दिन आज (आइतबार) सुनको मूल्य स्थिर रहेको छ। आज गत साताकाे शुक्रबारकै मूल्यमा सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। जसअनुसार, महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार रुपैयाँ तोकेको छ।

यस्तै, तेजाबी सुनको मूल्य ८८ हजार ५०० रुपैयाँ तोकिएको महासंघले बताएको छ।

आज सुनको मूल्य स्थिर भएपनि चाँदीको मूल्य भने घटेको छ। आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको महासंघले बताएको छ। गत साताको शुक्रबार प्रतितोला ११ सय ६० रुपैयाँ रहेको चाँदीको मूल्य आज ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 
 


 

प्रकाशित मिति: : 2021-09-26 11:18:00

प्रतिकृया दिनुहोस्