तालिबानविरुद्धको अमेरिकी प्रतिबन्ध कायमै, सहयोग गर्न अनुमति

File Photo
File Photo

अमेरिकाले तालिबानविरुद्धको प्रतिबन्धलाई तत्काल नहटाउने भएको छ। यद्यपि अफगानिस्तान आवश्यक मानवीय तथा भौतिक विकासका लागि सहयोग गर्न भने कुनै अवरोध सिर्जना नगर्ने बताएको छ।

अमेरिकाले दुईवटा इजाजतपत्र प्रदान गर्दै विभिन्न निकायहरुलाई मानवीय सहायता प्रदान गर्न अनुमति दिएको हो।

तालिबानीमाथि प्रतिवन्द लगाएसँगै अफगानिस्तानमा जारी मानविय संकट झन बिग्रने भन्दै अमेरिकाले आर्थिक सहायता बढाउन चाहेको जनाएको छ।

सो सहायता त्यहाँ रहेका सर्वसाधारणलाई अति आवश्यक वस्तु सहयोगमा केन्द्रीत रहने बताइएको छ।

लामो समयको युद्धसँगै अफगानिस्तामा ठूलो मात्रामा मानवीय सहायताको खाँचो रहेको राष्ट्रसंघले यसअघि नै बताएको थियो। २० वर्ष लामो युद्धपछि अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएसँगै तालिवानीले गत महिना देश नियन्त्रणमा लिएको थियो।

प्रकाशित मिति: : 2021-09-26 05:22:00

प्रतिकृया दिनुहोस्