ओमानविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

File photo
File photo

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले ओमानविरुद्धको दोस्रो खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ।

ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा नेपालले टस जितेर पहिला बलिङ रोजेको हो। नेपाली टिममा ओमानविरुद्ध दुई खेलाडी परिवर्तन गरिएको छ। अमेरिकाविरुद्ध डेब्यु गरेका गुल्शन झा र अर्का खेलाडी कुशल मल्ललाई बाहिर राखिएको छ। उनीहरूको स्थानमा शरद भेषवाकर र आरिफ शेखले स्थान बनाएका छन्।

नेपालले अमेरिकालाई पहिलो खेलमा पराजित गरेको थियो भने ओमानसँग दोस्रो खेलमा पाँच विकेटले पराजित भएको थियो।
पछिल्लो खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको थियो।

नेपाली टोली
कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल (कप्तान), सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी, रोहितकुमार पौडेल, शरद भेषवाकर, सुशान भारी र आरिफ शेख।

 

प्रकाशित मिति: : 2021-09-19 16:30:00

प्रतिकृया दिनुहोस्