एसियन कप छनोटमा नेपाल फिलिपिन्ससँग पराजित

एएफसी महिला एसियन कप-२०२२ छनोटको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ।

शनिबार उज्वेकिस्तानमा भएको खेलमा फिलिपिन्सले नेपाललाई २–१ गोलले पराजित गरेको हो।

नेपालका लागि ​विमला चौधरीले १०औं मिनेटमा गोल गर्दै अग्रता दिलाएकी थिइन्। उनले हेडमार्फत् उत्कृष्ट गोल गरिन्। 

फिलिपिन्सकी तहनाइ एन्निसले खेलको ८९ औँ मिनेट बराबरी गोल फर्काएकी थिइन्। खेलको इन्जुरी समयमा  केमिली विल्सन ९२औं मिनेटमा गोल गर्दै फिलिपिन्सलाई २–१ ले जित दिलाइन्। अब भने नेपालले दोस्रो खेलमा हङकङको सामना गर्नेछ।  

प्रकाशित मिति: : 2021-09-18 21:05:00

प्रतिकृया दिनुहोस्