४० अङ्कले घट्यो नेप्से 

File photo
File photo

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक आज ४०.२६ अङ्कले घटेको छ। हिजो मंगलबार १८ अङ्कले घटेको नेप्सेमा आज थप गिरावट भएको हो। 

शुरूमा बढे पनि कारोबार समय सकिँदासम्म ४० अङ्कले घटेर नेप्से परिसूचक २८८९.०३ अङ्कमा झरेको छ। नेप्सेमा आज १ करोड ५ लाख ५७ हजार ८७७ कित्ता सेयर किनबेच भयो। ५ अर्ब ३५ करोड ९० लाख ९७ हजार २५१ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ। 

कारोबार भएका १३ वटै समूहमा गिरावट आएको छ। जसमध्ये, निर्जीवन बीमा समूहमा सबैभन्दा बढी २७२, जीवन बीमा समूह १७५ र विकास बैंक समूहमा ११६ अङ्कको गिरावट आएको छ।

नेप्से परिसूचक घटेपनि आज मनकामना स्मार्ट लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका शेयरधनीले सबैभन्दा बढी कमाएका छन्। स्मार्टको शेयरमूल्य ८ र कर्पोरेटको शेयर मूल्य ६ प्रतिशतले बढेको हो।

प्रकाशित मिति: : 2021-09-15 16:14:00

प्रतिकृया दिनुहोस्