बार्सिलोनामाथि बायर्नको जित

Photo: Agency
Photo: Agency

युरोपेली च्याम्पियन्स लिगमा बार्सिलोना घरेलु मैदानमा बायर्न म्युनिखसँग पराजित भएको छ। मंगलबार राति नोउ क्याम्पमा भएको खेलमा बार्सिलोना बायर्नसँग ३-० गोल अन्तरले पराजित भएको हो। 

स्टार खेलाडी लियोनल मेस्सी पेरिस सेण्ड जर्मन पुगेपछि सर्जियो बुस्केटको कप्तानीमा उत्रिएको बार्सिलोनाले पहिलो हाफमा १ गोल ब्यहोर्दै दोस्रो हाफमा थप २ गोल खान पुगेकाे थियाे। 

बायर्नको अवे जितमा रोबर्ट लेवाण्डोस्कीले २ तथा  थोमस मुलरले १ गोल गरे। 

खेलका ३४औँ मिनेटमा बायर्नले अग्रता बनायो। पहिलो गोल थोमस मुलरले गरे। मुलरलाई लोरे सानेको पासमा उपलब्ध गराएका थिए। 

खेलका ५६औँ मिनेटमा रोबर्ट लेवाण्डोस्कीले दोस्रो अग्रता बनाएका भने ८५औँ मिनेटमा ३-० को अग्रता बनाए। समूह 'इ' अन्तर्गतको अर्काे खेलमा बेन्फिका र ड्यनामो केयीभले गोल सहित बराबरी खेल्दै १-१ अंक बाँडे। 

जितसँगै समूह 'इ' बाट बायर्न तीन अंकका साथ शीर्ष स्थानमा छ। बेन्फिका र ड्यनामोको एक–एक अंकका साथ दोस्रो र तेस्रो स्थानमा रहँदा बार्सिलोना पुछारमा छ। 

प्रकाशित मिति: : 2021-09-15 07:24:00

प्रतिकृया दिनुहोस्