संखुवासभामा ६ जनाको हत्याका आरोपी सार्वजनिक (भिडियोसहित)

प्रहरीले मादी नगरपालिका–१ खोलागाउँमा एकै परिवारका ६ जना हत्या गर्ने लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको छ।

मादी नगरपालिका वडा नम्बर १ उम्लिङमा तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको हत्या गरेको आरोपमा उनकै भतिज नाता पर्ने लोकबहादुर कार्कीलाई प्रहरीले आइतबार चैनपुरमा पत्रकार सम्मलेन गरी सार्वजनिक गरेको हो। 


प्रहरीलाई साग-सब्जी जुटाइदिने र युट्युबमा अन्तर्वार्ता दिने लाेकबहादुर नै ६ जनाकाे हत्यारा, आज सार्वजनिक गरिँदै

व्यक्तिगत रिसइवीका कारण लोकबहादुरले सोमबार बिहान झिसमिसेमा १३ दिने दाजुभाइ खलकका ६ जनाको हत्या गरेका थिए।

लोकबहादुरले ५८ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, ३२ वर्षीया बुहारी रञ्जना कार्की, तेजबहादुरका ११ वर्षीय नाति दीपेन कार्की र सात वर्षीया नातिनी गोमा कार्कीको हत्या गरेको स्विकारेका छन्। घटनामा प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अरूणकुमार बिसी, संघीय प्रहरी कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्यूरोबाट प्रहरी नायब उपरीक्षक रूगम कुँवर,  जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीको टोली खटिएको थियो।

घटना के हो?

सोमबार बिहान खेताला खोज्न निस्किएका तेजबहादुरलाई लोकबहादुरले बाटोमै कुरेर बसे। र आक्रमण गरेर हत्या गरे।

तेजबहादुरकाे हत्या गरेको पत्नी कमला र बुहारी रञ्जनाले घरबाट देखेपछि दौडिँदै गए। घरनजिकै रहेको खोलाछेउमा उनीहरुलाई पनि लाेकबहादुरले ह्यामरले हिर्काएर हत्या गरे।

यहासम्म कि हत्या गरेकाे प्रमाण मेटाउन लाेकबहादुरले आठ वर्षीय विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीलाई समेत बारीमा लखेटी-लखेटी हत्या गरे। त्यसपछि पनि लाेकबहादुरले तेजबहादुरकाे घरमै पसेर कुँडो पकाइरहेकी ८४ वर्षीया पार्वतीको हत्या गरे।

याे रहस्य भने लोकबहादुर प्रहरीले पक्राउ गरेपछि बाहिरिएकाे हाे।

आफन्तसमेत रहेका लाेकबहादुरले सपरिवारकै हत्या गरेको स्वीकार गरेको प्रदेश नम्बर १ का डिआइजी अरुणकुमार बिसीले जानकारी दिएका छन्।

६ जनाको ज्यान जाने गरी भएकाे गत सोमबारकाे घटनामा स्थानीय चिनेजानेकै व्यक्तिको हात हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको थियो। सोही आधारमा अनुसन्धान अगाडि बढाएको प्रहरीले लाेकबहादुरलाई पक्राउ गरेको हो। लोकबहादुरले पनि व्यक्तिगत रिसीबीका कारण हत्या गरेको स्वीकार गरिसकेका छन्।हत्या गरिएका तेजबहादुरले केहि गर्न नसकेको भन्दै  ‘हेपेका कारण’ आफुले आवेगमा हत्या गरेको आरोपी लोकबहादुरले प्रहरीलाई बताएका छन्।

त्यसाे त २६ वर्षीय लोकबहादुर र हत्या गरिएका ५२ वर्षीय तेजबहादुर नाताले काका-भतिज हुन्। अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार लोकबहादुरले आफूले तेजबहादुरलाई मात्र मार्न चाहेको बयान दिएका छन्। तर घरका अन्य सदस्य पनि आएपछि अरुलाई पनि मार्न बाध्य भएको रहस्य खाेले।

बौदमान कार्कीकाे परिवारका ६ जनाको हत्या भएपछि चार पुस्ता नै सकिएकाे छ। अहिले त्यही घरमा चार पुस्ताको सामूहिक किरिया एकै पटक सुरु भएको छ। बौदमानका तीन छोरा, तीन छोरी, एक नाति र नातिनी बुहारी किरियामा बसेका छन्।

हत्या गर्ने लोकबहादुरले कक्षा ८ सम्म पढेपछि पढ्न छोडेको थिए। छिमेकी चन्द्रबहादुर थापाका अनुसार घरमा पनि उत्ति काम नगर्ने कार्की मलेसिया र कतार काम गर्न गए पनि वर्षदिन नपुग्दै गाउँमा फर्किएका थिए।

६ वर्ष अगाडि मलेसिया गए पनि १० महिनामा विदेश जाँदाको ऋणसमेत नतिरी फर्किएको थापाको भनाई छ। त्यसको डेढ बर्षपछि पुनः वैदेशिक रोजगारीको लागि कतार पुगे। तर त्यहाँबाट पनि नौ महिना नपुग्दै घर फर्किए।

राति कहिल्यै घरमा बास नआउने, कहिले राति घरबाटै हराउने, गाउँका बेकामे केटाहरुसँग बिनाकाम डुलिहिँड्ने लाेकबहादुरकाे विशेषता रहेछन्।

गत साेमबार लाेकबहादुरले हत्या गरेका तेजबहादुरको शव घरको आँगनमा फेला परेको थियो भने श्रीमती मनमाया र बुहारी रन्जनाको शव घरनजिकै खोल्सीमा भेटिएको थियो। नाति-नातिना दीपक र गोमाको शव पनि घरमाथि मकै बारीमा भेटिएको थियो।

हत्या गरेपछि आफू निर्दाेष देखिन लाेकबहादुरले यतिसम्मकाे चलाखी गरे कि छिमेकीलाई हत्याको खबर सबैभन्दा पहिले उनले नै पुर्याए। तर लोकबहादुरको घरमा रगत लागेको कपडा र हत्यामा प्रयोग गरिएकोजस्तो देखिने हतियारहरु प्रहरीले फेला पारेपछि उनलाई केन्द्रविन्दुमा राखेर अनुसन्धान गरेको थियो।


को हुन् ६ जनाकै हत्या गर्ने लोकबहादुर,लखेटी-लखेटी किन मारे ? यस्तो छ नालीबेली

प्रकाशित मिति: : 2021-09-12 11:21:00

प्रतिकृया दिनुहोस्