उत्तर कोरियाले मिलिटरी परेड आयोजना गरी  मनायो कम्युनिष्ट शासन स्थापना दिवस

Photo: AAP
Photo: AAP

उत्तर कोरियाले कम्युनिष्ट शासन व्यवस्था स्थापना भएकाे ७३ वार्षिकोत्सव रात्रीकालीन मिलिटरी परेड आयोजना गरी मनाएको छ। आफ्नो क्षेप्यास्त्र शक्ति प्रदर्शन गर्दै आएको उक्त देशले यसपटक जनसेनाको परेडमा छेप्यास्त्र नदेखाई सैनिकहरूको कित्ताबद्ध मार्चमा 'हज्मत सुट'को मात्र प्रदर्शन गरिएको छ। 

उत्तर कोरियाका सर्वोच्च नेता  किम-जोङ-उनको उपस्थिति रहेको उक्त कार्यक्रम बुधबार मध्यरातमा आयोजना गरिएको हो। 

उक्त समारोह उत्तर कोरीयाका 'राष्ट्रपिता' किम-इल-सङको नाममा रहेको प्योङयाङस्थित किम–इल–सङ स्क्वायरमा जनसेना र अर्धसैनिक दस्ताको मार्चसँगै सुरु भएको त्यहाँको अधिकारिक न्युज एजेन्सी, केसीएनए ले जनाएको छ। 

सत्तारुढ वर्कर्स पार्टीको रोदोंग सिन्मुन्न  अखबारले कोरोना भाइरसविरोधी प्रयासको स्पष्ट प्रतीकको रुपमा मेडिकल ग्रेड मास्कसँग 'हज्माट सूट' मा राइफलसहितका  सेना र  अनि धेरै रकेट लञ्चरहरुसँगै मार्च गर्दैगरेको फोटोहरु प्रकाशित गरेको छ। 

परेडमा कुनै क्षेप्यास्त्रको प्रदर्शन नभएको र किमले कुनै भाषण नदिएको उत्तर कोरियाको राष्ट्रिय सञ्चारसंस्ठाले जनाएको छ। 

गत अक्टुबरको तुलनामा उत्तरकोरियाले प्रभाती सैन्य परेड आयोजना गरेको थियो जहाँ पहिले नदेखेको अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल प्रदर्शन गरिएको थियो।

'विश्वव्यापी महामारीबाट देश र जनताको सुरक्षा कायम गरी समाजवादी प्रणालीका फाइदाहरुलाई संसारभरि  देखाउन आपतकालीन महामारी रोकथाम र जनस्वास्थ्य मन्त्रालय सभक्ति उपस्थित थियो", केसीएनए ले बिहिबार भनेको छ। 

उत्तरकोरियाले अहिलेसम्म कोभिड-१९ को कुनै पनि केस सार्बजनिक गरेको छैन। तर, महामारीलाई राष्ट्रिय अस्तित्वको कुरा मान्दै उत्तरकोरियाले सिमा बन्द गरेको छ। सख्त रोकथामका उपायहरु अपनाएको छ।

अघिल्लो अक्टुबरको परेडपछि अर्को रात्रीकालीन शैन्यपरेड गत जनवरीमा आयोजित भएको थियो। उत्तर कोरियाली सञ्चारमाध्यमहरुले बुधबारको सम्पन्न  परेडको तयारी व्यावसायिक उपग्रहबाट साता अघि रिपोर्ट गरेका थिए।

 उत्तर कोरियालाई उसको परमाणु हतियार र ब्यालिस्टिक क्षेप्यास्त्र त्याग्नको लागि मनाउने उद्देश्यले आयोजित गरिने वार्ता हालैका वर्षहरुमा रोकिएको छ।

 अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले उत्तर कोरियाको परमाणु नि:शस्त्रीकरण हासिल गर्न कूटनीतिक उपायको खोजी गर्ने बताएको छ तर उत्तर कोरियाको  प्रतिबन्ध खुकुलो पार्नुपर्ने माग पूरा गर्ने कुनै मनसुवा भने देखाएको छैन।

प्रकाशित मिति: : 2021-09-09 15:39:00

प्रतिकृया दिनुहोस्