केएमसीमा तीज विशेष कार्यक्रम

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा सोमबार हरितालिका तीज विशेष कार्यक्रम गरिएको छ। तीज गीतमा नाचगान तथा शुभकामना आदान–प्रदान गरी स्वास्थ्य सावधानी अपनाउँदै तीज मनाइएको हो।

महिला डाक्टर, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई लक्षित गरी केएमसीले कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा केएमसीका हस्पिटल डाइरेक्टर डा. सुमन कुमार श्रेष्ठ र जेनेरल मेनेजर नारायण दाहाल लगायतले मन्तव्यमार्फत सम्पूर्ण महिला डाक्टर, स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई तीजको शुभकामना दिए।

कार्यक्रममा महिलाहरुले तीज गीतमा नृत्य प्रस्तुत गरेका थिए। सो अवसरमा अस्पतालको तर्फबाट तीन सयभन्दा बढी महिला डाक्टर, स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई तीजको दर स्वरुप खानेकुराको प्याकेट वितरण गरिएको छ। आगामी बिहिबार हरितालिका तीज परेको छ। तीज आउनुभन्दा हप्तौं अघिदेखि विभिन्न कार्यक्रम गरेर महिलाहरुले तीज मनाउँदै आएका छन्।

प्रकाशित मिति: : 2021-09-06 18:57:00

प्रतिकृया दिनुहोस्