बेलायतकी महारानी एलिजाबेथले दिएकाे 'सुनौलो बग्गी' नारायणहिटी संग्रहालयमा सार्वजनिक

शनि शाक्य

काठमाडौँ

नारायणहिटी दरबार संग्रहालयमा रहेकाे सुनौलो बग्गी पहिलाे पटक सार्वजनिक गरिएको छ।

तत्कालीन राजाले राज्य अभिषेक र विशेष समारोहमा प्रयोग गर्ने बग्गी सोमबार बिहान पहिलाेपल्ट सार्वजनिक गरिएको हो।

उक्त बग्गी विसं २०३१ मा बेलायतकी महारानी एलिजाबेथले दिएकी थिइन्। वीरेन्द्रले राज्य अभिषेक गर्दा पहिलोपटक प्रयोग गरिएको थियाे।

अब संग्रहालय पुग्ने दर्शकहरूले सजिलै यसकाे अवलाेकन गर्न पाउनेछन्।

बग्गीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले सार्वजनिक गरेका थिए।

 

 

प्रकाशित मिति: : 2021-09-06 10:29:00

प्रतिकृया दिनुहोस्