अफगानिस्तानमा ५ म्याग्नीज्युडको भूकम्प

अफगानिस्तानको फाएजाबादबाट ५७ किलोमिटर उत्तरपश्चिममा रेहको स्थानमा ५ म्याग्नीज्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजीएस) बिहीबार जानकारी दिएको छ।

ग्रीनवीच समयानुसार ०४ः५ सो भूकम्प गएको बताइएको छ। यस भूकम्पको केन्द्रविन्दु १० किलोमिटर गहिराईमा ३७।६१३३ डिग्री उत्तरी अक्षांश र ७०।३७८१ डिग्री पूर्वी देशान्तरमा रहेको थियो।

भूकम्पबाट धनजनको क्षति भएको कुनै समाचारमा हालसम्म प्राप्त भएको छैन्।

प्रकाशित मिति: : 2021-09-02 15:29:00

प्रतिकृया दिनुहोस्