थप १६६४ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु

Symbolic photo
Symbolic photo

पछिल्लो २४ घण्टामा एक हजार ६६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। १२ हजार २२२ नमूना परीक्षण गर्दा एक हजार ६६४ जनामा  सङ्क्रमण पुष्टि भएको हो।

बितेको २४ घण्टामा एक हजार ७८६ जना सङ्क्रमण मुक्त भएका छन्। संक्रमितमध्ये हालसम्म ७ लाख १६ हजार ३०६ जना निको भएका छन्। 

आज कोरोना सङ्क्रमणबाट २० जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। याेसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७५० जना पुगेको छ।

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ३५ हजार ५९१ छ। 

प्रकाशित मिति: : 2021-08-31 17:23:00

प्रतिकृया दिनुहोस्