एकैदिन ५६ अंकले घट्यो नेप्से परिसूचक

File photo
File photo

मंगलबार सेयर बजार परिसूचक नेप्सेमा ५६ अंक बढीले कमी आएको छ। गत हप्ताको बिहीबारदेखि एकैचोटी चार दिन पछि मंगलबार मात्र खुलेको बजारमा एकैदिन ५६.०३ अंकको कमी आएको हो।

आज नेप्से परिसूचक ५६.०३ अंकले घटेर ३ हजार १२४.८७ विन्दुमा झरेको हो। त्यसो आज ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत १२.८१ अंकले घटेर ५७७.६६ विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज–नेप्सेले जनाएको छ।

चार दिन पछि एकैपटक मंगलबार खुलेको बजारमा हाइड्रोपावर समूहको सूचकमा सबैभन्दा बढी ६.२१ प्रतिशतले गिरावट आएको छ। यस्तै, विकास बैंक, होटल तथा पर्यटन, बैंकिङ्ग, ट्रेडिङ्ग, जीवन बीमा, माइक्रोफाइनान्स लगायतका उपसमूहले गुमाएका छन्।

५६ अंकमाथिले गुमेको बजारमा कारोबार रकम भने १६ अर्ब बढी भएको छ। आज कुल २२५ कम्पनीका २ करोड ५३ लाख कित्ता माथिको सेयर बजारमा १ लाख ५६ हजार ९१३ पटक किनबेच हुँदा १६ अर्ब १२ करोड ४४ लाखको कारोबार भएको  नेप्सेले जनाएकाे छ।     

प्रकाशित मिति: : 2021-08-24 16:34:00

प्रतिकृया दिनुहोस्