सामाजिक सुरक्षाको माग गर्दै ट्रेकिङ ट्राभल्स र्‍याफ्टिङ मजदुर युनियनद्वारा विरोध प्रदर्शन

शनि शाक्य

काठमाडाैं

नेपाल ट्रेकिङ ट्राभल्स र्‍याफ्टिङ एयरलाइन्स सांस्कृतिक प्राकृतिक मजदुर युनियनले  विरोध प्रदर्शन गरेको छ।

सामाजिक सुरक्षा ऐन लागू गर्न दबाव दिँदै आइतबार युनियनले बबरमहलस्थित नागरिक उडड्यन प्राधिकरण परिसरमा विरोध प्रदर्शन गरेको हो।

सामाजिक सुरक्षा ऐन लागू नगरेको र मजदुरको सामाजिक सुरक्षा काट्नुपर्छ भनेर युनियनले बारम्बार पत्र काट्दा नागरिक उड्ययन प्राधिकरण र त्यस अन्तर्गतको सिभिल इन्जिनियरिङ शाखाले जुन ठेकेदारले श्रमिकको सामाजिक सुरक्षा भत्ता काट्दैन त्यही ठेकेदारलाई ठेक्का दिएपछि आन्दोलन गरेको प्रदर्शनकारीको भनाइ छ।

 

 
 

प्रकाशित मिति: : 2021-08-15 14:54:00

प्रतिकृया दिनुहोस्