सेयरधितोमा ७० प्रतिशतसम्म कर्जा लिन पाइने सीमा यथावत, १२ करोडसम्म ऋणको सीमा पनि कायमै

फाइल तस्वीर
फाइल तस्वीर

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जाको सीमा यथावत् राखेको छ। लगानीकर्ताले सेयर धितो राखेर बजार मूल्यको ७० प्रतिशतसम्म सेयर धितो कर्जा लिन पाउने व्यवस्थालाई निरन्तरता दिएको हो।

केन्द्रीय बैंकले शुक्रबार अपरान्ह जारी मौद्रिक नीतिमार्फत यसलाई निरन्तरता दिएको हो। यसबाट सेयर बजारमा सकारात्मक प्रभाव पर्ने देखिएको छ।

मौद्रिक नीतिले साना शेयर लगानीकर्ताको हित प्रवर्द्धनतर्फ जोड दिएको छ।

सेयर धितो कर्जा एउटा वित्तीय संस्थाबाट एक व्यक्तिले अधिकतम ४ करोड र सबै संस्थाबाट गरी अधिक १२ करोडसम्म लिन सक्ने व्यवस्था गरिएको छ। यसरी लिइएको कर्जा तोकिएको सीमा १२ करोडभन्दा बढी भए घटाउन उपयुक्त समयसीमा प्रदान गरिने भनिएको छ।

प्रकाशित मिति: : 2021-08-13 17:32:00

प्रतिकृया दिनुहोस्