कन्धार र लश्कर गाह शहर नियन्त्रणमा लिएको तालिबानकाे घोषणा

Photo - AFP
Photo - AFP

तालिबानले अफगानिस्तानको दक्षिणी शहर लश्बर गाह पनि नियन्त्रणमा लिएको छ।

देशको सबैभन्दा दोस्रो ठूलो कन्धार शहर नियन्त्रणमा लिएको दाबी गरिरहेको तालिबानले लगतै लश्बर गाह पनि कब्जामा लिएको समाचार एजेन्सी एएफपीले जनाएको छ।

तालिबानले दुई दिनमा अफगानिस्तानका मुख्य चार शहर आफ्नो नियन्त्रणमा लिएको छ। देशैभरि आफ्नो विस्तारलाई कायम राख्ने क्रममा त्यसलाई सबैभन्दा नाटकीय ढङ्गको श्रृङ्खलाबद्ध कब्जा मानिएको छ।

विश्व शक्ति राष्ट्रहरूले सैन्य शक्तिद्वारा अफगानिस्तानमा स्थापना हुने सरकारलाई आफूहरूले मान्यता नदिने चेतावनी दिएको बीबीसीले जनाएको छ।

अमेरिका र ब्रिटेनले आफ्ना दूतावासका कर्मचारी र नागरिकहरूलाई सुरक्षित रूपमा अफगानिस्तानबाट लैजान पुनस् काबुलमा सैनिकहरू पठाउन लागेको बताएका छन्।

दिनहुँ कब्जा जमाइरहेको तालिबान राजधानी कालुन नजिकै पुगेको छ। राजधानी काबुलतर्फ तालिबान अघि बढ्दै गर्दा व्यापक चिन्ताहरू व्यक्त भइरहेका छन्। काबुलमा तालिबानले नियन्त्रण गरेका क्षेत्रबाट अहिले हजारौँ नागरिकहरू भागेर आएका छन्।

तालिबानले अहिले देशको उत्तरी क्षेत्रमध्ये धेरै स्थानमा नियन्त्रण गरिसकेको छ। उसले हालसम्म देशको एक तिहाइ भू-भागमा आफ्नो नियन्त्रण कायम गरेको बताइएको छ।

बिहीवार रणनीतिक रूपले महत्त्वपूर्ण गज्नीमा नियन्त्रण गरेपछि तालिबानलाई राजधानी काबुललाई नियन्त्रण गर्न बल पुग्ने ठानिएको थियो। उसले तेस्रो ठूलो सहर हेरातलाई पनि कब्जामा लिइसकेको छ।

प्रकाशित मिति: : 2021-08-13 13:03:00

प्रतिकृया दिनुहोस्