साहस ऊर्जाको आईपीओ खुला

साहस ऊर्जाको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाका लागि शुक्रबारदेखि आईपीओ बिक्री खुला गरेको हो । यो छिटोमा भदौ ११ गतेसम्म जारी रहनेछ।

सो अवधिसम्म मागबमोजिमको आवेदन नपरेमा ढिलोमा भदौ २७ गतेसम्म सेयर निष्काशन तथा बिक्री खुला हुने कम्पनीले जनाएको छ। भने ३५ लाख कित्ता साधारण सेयर निष्काशन खुला गरिएको छ।

कम्पनीले प्रतिसेयर १०० मूल्यका दरले ३५ लाख कित्ता अर्थात् रु ३५ करोड बराबरको सेयर जारी गरेको हो। योसँगै इच्छुक स्थानीय बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम १० लाख ५० हजार कित्ता सेयर खरिद गर्न सक्नेछन्।

आईपीओमा ग्लोबल आईएमई बैंक र माछापुच्छे बैंकको सल्लेरी शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको लुक्ला शाखा, लक्ष्मी बैंकको मुग्ली र नेले शाखा र प्राइम बैंकको रमिते शाखामार्फत् आवेदन दिन सकिने छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ।

प्रकाशित मिति: : 2021-08-13 11:59:00

प्रतिकृया दिनुहोस्