नागपञ्चमी: नागदहमा नागको पूजा आराधना गरेर मनाइयाे (तस्वीहरू)

शनि शाक्य

काठमाडौँ

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज (शुक्रबार) परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ।

यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ।

यसगरी ललितपुरकाे धापाखेलस्थित नागदहमा पनि नागकाे पूजा आराधना गरेर नागपञ्चमी मनाइएकाे छ। नागहरूकाे दहका रूपमा  परिचित यस पाेखरीमा प्रत्येक वर्ष नागपञ्चमी र ऋषिपञ्चमीका दिन ठूलो मेला लाग्ने गर्छ। यसवर्ष काेराेना महामारीका कारण दर्शनार्थीकाे कम उपस्थिति रहेकाे थियाे।

काठमाडाैं, ललितपुर र भक्तपुर लगायतका जिल्लाका मानिसहरू आज विहाननै देखि पूजा गर्न नागदहमा आएका थिए। नागपञ्चमीकाे अवसरमा काेराेना महामारीकाे प्रवाह केही  नगरी दर्शनार्थीहरूकाे उल्लेख्य उपस्थित रहेकाे थियाे। 

प्रकाशित मिति: : 2021-08-13 11:00:00

प्रतिकृया दिनुहोस्