म्यान्मार सैन्य हिरासतमा सर्वसाधारणको हत्या

बिएल संवाददाता

रंगुन, म्यान्मार
Photo - Irrawaddy
Photo - Irrawaddy

म्यान्मार सैन्य हिरासतमा राखिएका सर्वसाधारणको हत्या भएको उनका आफन्तहरूले जनाएका छन्।

सैन्य सरकारद्वारा नियन्त्रित पत्रपत्रिकाहरूका अनुसार २३ बार्षिय मृतक ‘को ह्तेट को ऊ’ र अन्य दुई जनालाई बन्दूक र बिस्फाेटक पदार्थको साथ रंगूनको ड्यागोन क्षेत्रबाट गत जुलाई २० मा गिरफ्तार गरिएकाे आरोप छ।

मृतकको परिवारका अनुसार उनी आफ्ना साथीहरूसँग काम गर्न मे १५ तारिखदेखि आफ्नो गृहनगर प्यापन छाडेर रंगून लागेका थिए। परिवारले उनको गिरफ़्तारीको खबर पत्रिकाबाट थाहा पाएको थियो।

'जसले गिरफ्तार गरे उनीहरूले केही भनेका छैनन्। तर एक भरपर्दाे मान्छेले भने उनीहरू मारिएकाे बताएका छन्। हामीलाई पनि यही लाग्छ,' स्थानीय संचार माध्यमलाई परिवारका एक सदस्यले बताए।

मृतकलाई करेन राष्ट्रिय मुक्ति सेनाको पाँचौ ब्रिगेडबाट सैन्य प्रशिक्षण लिएको आरोप लगाएको छ। करेन राष्ट्रिय मुक्ति सेना, म्यान्मारको एक शक्तिशाली जातीय संगठन करेन-राष्ट्रिय संघको सैन्य दस्ता हो।

यस बिषयमा सेनाकाे कुनै आधिकारिक धारणा आएको छैन। मृतकका नातेदारहरु भन्छन्– उनीहरूलाई न्याय चाहिएको छ।

गत फेब्रुअरी १ को ‘कू’ देखि नेशनल लिग फर डेमाेक्रेसी पार्टीका केही सदस्यसहित थ्रुपै सर्वसाधारणहरूकाे सैन्य हिरासतमा हत्या भइसकेकाे छ। मृतकहरू मध्ये सेनाका लेफ्टिनेंट जनरल तथा जुन्ता सरकारका गृहमन्त्री थान ह्लाईङ्गका भाई तथा प्रजातन्त्रवादी अभियानता को सु मो ह्लाईङ्ग पनि हुन्।

मंगलबारसम्म धेरै बालबच्चाहरूसहित कम्तीमा पनि ९४६ जनाको जुन्ता सरकारले हत्या गरेको छ। राजनीतिक कैदीहरूको लागि संस्थाका अनुसार ५,४७८ जनालाई जेलमा बन्दी बनाइएको छ।

प्रकाशित मिति: : 2021-08-06 11:49:00

प्रतिकृया दिनुहोस्