३२ प्रतिशत बढी राजश्व सङ्कलन

जिल्ला मालपोत कार्यालय म्याग्दीले गत आर्थिक वर्षमा रु दुई करोड ६२ लाख १९ हजार ७७५ राजश्व सङ्कलन गरेको छ।

यो आर्थिक वर्ष २०७६/०७७ को तुलनामा ३० दशमलव ५१ प्रतिशत बढी हो। आर्थिक वर्ष २०७६/०७७ मा कार्यालयले रु ८० लाख राजश्व सङ्कलन गरेको जिल्ला मालपोत कार्यालय म्याग्दीले जनाएको छ।

सङ्कलित राजश्वमा घरजग्गा रजिष्ट्रेसन शुल्कबाट रु २ करोड ३८ लाख ६५ हजार ९५७ र नगर सुधार कोषबाट रु २३ लाख ५३ हजार ५१८ रहेको कार्यालयका लेखापाल दीपक खत्रीले जानकारी दिए।

उनका अनुसार सेवाग्राहीबाट धितो रोक्का, संशोधन, घर कायम, नामसारी, विलम्व शुल्कलगायतका सेवाबापत सो रकम सङ्कलन भएको हो।

रजिष्ट्रेसन शुल्कअन्तर्गत सङ्कलित कूल राजश्वमध्ये ४० प्रतिशत प्रदेश र ६० प्रतिशत सम्बन्धित स्थानीय सरकारलाई पठाउने प्रावधान छ।

सोही अनुसार जग्गा रजिष्ट्रेसनबापत सङ्कलित रकम प्रदेश र स्थानीय तहमा बाँडफाड गरिएको मालपोत अधिकृत कृष्ण कार्कीले जानकारी दिए।

प्रकाशित मिति: : 2021-08-05 12:26:00

प्रतिकृया दिनुहोस्