अब ललितपुर महनगरपालिकामा ‘एक्सन पुलिस’ (भिडियाेसहित)

शनि शाक्य

पुलचाेक

ललितपुर महनगरपालिकाले ‘एलएमसी पुलिस एक्सन टिम’ गठन गरेको छ। नगरमा प्रहरीको सक्रियता बढाएर सेवामा प्रभावकारिता ल्याउन महानगरपालिकाले नगर प्रहरी प्रमुख सिताराम हाछेथुको सयोजकत्वमा सोमबार १५ सदस्य टोली गठन गरेको हो।

नगरवासीकाे समस्या समाधानका लागि सहजिकरण  गर्न तथा विपदमा परेकालाई उद्धार  गर्नकाे लागि टाेलीकाे  निर्माण गरिएकाे महानरपालिकाले  जानकारी दिएकाे छ। 

‘महानगरबासीको समस्यालाई समाधान गर्नका लागि हामीले एक्सन टोली बनाएका हौ। यसले समयमा घटनास्थलमा पुगेर काम गर्नेछ।’ ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले भने। 

महानगरले उक्त टाेलीलाई ज्याकेट, गोप्रो क्यामेरा र अग्नि नियन्त्रणमा आवश्यक पर्ने उपकरणहरु पनि वितरण गरिएको छ। महानगरले गठन गरेको उक्त टोलीमा ११ जना पुरूष र ४ जना महिला नगर प्रहरी रहेका छन्।

 

प्रकाशित मिति: : 2021-08-02 16:46:00

प्रतिकृया दिनुहोस्