प्रतिबन्धित इरान र भेनेजुयलासँग चिनियाँ कम्पनीले इन्धन व्यापार गर्दै

Photo : zeebiz.com
Photo : zeebiz.com

चिनियाँ कम्पनीले इरान र भेनेजुयालासँग प्रतिबन्धित तेल व्यापार गरिरहेको छ।

चिनियाँ कम्पनी चाईना कन्कर्ड पेट्रोलियम कम्पनी (सीसीपीसी)ले अमेरिकाले दुई वर्ष यता प्रतिबन्ध लगाएको इरान र भेनेजुयलाको तेल आयात गरिरहेको छ।

सीसीपीसीको भूमिका र उसको भेनेजुयलासँग व्यापारमाथि अमेरिकी प्रतिबन्धको बिषय यसअघि बाहिर आएको थिएन।

पछिल्लो समय भेनेजुयला र इरानसँग सीसीपीसीको इन्धन व्यापारबारे भेनेजुयला सरकारी स्वामित्वको तेल कम्पनी पीडिभीएसएसँग सम्बन्धित व्याक्ति र केही इरानी अधिकारीहरुले जानकारी दिएका छन्।

चिनियाँ कम्पनी सीसीपीसीले साना स्वतन्त्र प्रशोधनकर्ताहरुद्धारा यही बर्षदेखि भेनेजुयलासँग इन्धन व्यापार सुरु गरेको हो।

भेनेजुयला कम्पनी पीडीभीएसएले चिनियाँ कम्पनीलाई गत अप्रिल र मे मा इन्धन तथा तेल निर्यात गरेको बताईएको छ।

अमेरिकाले दुई वर्षअघि इरान र भेनेजुयलामा प्रतिबन्ध लगाएपछि चिनियाँ सरकारी स्वामित्वसहित विश्वका धेरै प्रशोधनकर्ता कम्पनीहरुले दुई मुलुकबाट इन्धन कच्चा पदार्थ आयात रोकेका थिए। अमेरिकी प्रतिबन्धले इरान र भेनेजुयलामा प्रति दिन लाखौँ ब्यारल इन्धन निर्यात तथा अर्बौ अमेरिकी डलर आय रोकिएको थियो।

तर, इरान र भेनेजुयललाले आफ्नो मुलुक चलाउन अमेरिकालाई छल्दै कच्चा पदार्थ निर्यात गर्दै आएको थियो। इरान र भेनेजुयलाबाट तेल आयात गर्न गत बर्ष सीसीपीसीले १४ वटा ट्यांकर लिएको थियो।

प्रकाशित मिति: : 2021-07-31 09:09:00

प्रतिकृया दिनुहोस्