अफगान सुरक्षाबलको कारबाहीमा २३ तालिबान लडाकू मारिए

File photo
File photo

अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा लुकेर बसेका २३ तालिबान लडाकू अफगान सुरक्षाबलको कारबाहीमा मारिएका छन्। 

फर्याब प्रान्तको पासतुन्कोट र आल्मार जिल्लामा लुकेका तालिबान लडाकूलक्षित अफगान सुरक्षाबलले बुधबार गरेको हवाइ कारबाहीमा परी २३ तालिबान लडाकू मारिएका सेनाका प्रवक्ता मोहमद हानिफ रेजाईले बिहीबार बताएका छन्। 

बुधबार अपराह्न भएको यस हवाई कारबाहीको क्रममा भारी संख्यामा हातहतियार, लडाकू समूहका चार ओटा मोटरसाइकललगायतका सामग्रीहरु बरामद गरिएको पनि सरकारी स्रोतले जानकारी दिएको छ। तालिबानले नियन्त्रणमा लिएको अन्य प्रान्तमा पनि खोजी तथा सुरक्षा कारबाहीको कार्य जारी राखेको सरकारी सेनाले बताएको छ। 

फर्याब प्रान्तको प्रमुख भाग नियन्त्रणमा लिएर प्रान्तीय राजधानी मैमाना शहर कब्जा गर्न आक्रमण गरिरहेका तालिबान आतंकवादीहरूले अहिले कुनै टिप्पणी गरेका छैनन्। 

प्रकाशित मिति: : 2021-07-29 18:40:00

प्रतिकृया दिनुहोस्