बलिउड अभिनेत्री शर्लिन चोपडाले पोनोग्राफी बनाएको आरोपना पक्राउ परेका राज कुन्द्राको बारेमा नयाँ खुलासा गरेकी छन्।
मुम्बई क्राइम ब्रान्च पुगेकी शर्लिनले राज कुन्द्राले आफूलाई पनि राजले यौन दुर्व्यवहार गरेको बताएकी छन्।
उनले बयानमा भनेकी छन्, 'हामीबीच एकपटक पर्सनल मिटिङ भएको थियो। त्यतिबेला राजले पत्नी शिल्पा सेट्टीसँगको सम्बन्ध खतरामा चलिरहेको बताउँदै मसँग नजिक हुन खोजेका थिए। तर मैले व्यवसायलाई व्यवसायमै सिमित राख्दै उनीसँग सम्बन्ध अघि बढाउन मानिनँ। त्यसपछि उनले मलाई जबर्जस्ती गर्नेसमेत प्रयास गरे।'
त्यसो त शर्लिनले गत अप्रिलमा पनि राजविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन्। अहिले राज १४ दिनका लागि न्यायिक हिरासतमा छन्।