पाकिस्तानमा मलाला समावेश विद्यालय पाठ्यक्रम बरामद

Photo - Baaghitv.com

पाकिस्तानको पञ्जाब प्रान्तमा नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजई समावेश विद्यालय पाठ्यक्रम बरामद गरिएको छ।

पञ्जाब करिकुलम एण्ड टेक्स्ट्बुक बोर्ड (पीसीटीबी)ले मलाला समावेश गरिएको कक्षा ७ को सामाजिक शिक्षा पाठ्यक्रम नियन्त्रणमा लिएको हो। सन् १९६५ का युद्ध नायक मज अजिज भट्टी शाहिद जस्ता महान व्याक्तित्व सँगै मलालाको नाम समावेश भएको प्रति घोर आपक्ति जनाउँदै पीसीटीबीले पाठ्यक्रम बरामद गरेको हो।  

पाठ्यक्रमको पृष्ठ ३३ मा महान व्याक्तित्वहरु क्वाइद इ अजम मुहम्मद अलि जिन्हा, राष्ट्रिय कवि अल्लामा इकबाल, सर सइद एहमद खान, लियाकत अलि खान, परोपकारी व्याक्ति अब्दुल सक्त इधी, बेगम राना लियाकत अलि खान, निसान इ हैदर, युद्ध नायक मज अजिज भट्टी शहिद र नोबल शान्ति पुरस्कार विजेता मलाला युसुफजई को तस्बिर समावेश गरिएको थियो। 

पीसीटीबी, प्रहरी लगायत निकायले बिभिन्न शैक्षिक संस्थान र पुस्तक पसलहरुबाट उक्त पाठ्यक्रम बरामद गर्न निर्देशन दिएको छ। 

युद्ध नायक अजिज भट्टी जस्ता महान व्याक्तित्व सँग मलालाको नाम समावेशप्रति उनीहरुले घोर आपक्ति जनाएका हुन्। महिला शिक्षा तथा बालबालिका अधिकारकर्मी मलाला सबै भन्दा सानो उमेरमा नोबेल शान्ति पुरस्कारद्धारा सम्मानित व्याक्ति हुन्।

प्रकाशित मिति: : 2021-07-23 08:08:00

प्रतिकृया दिनुहोस्