चीनको हेनानमा भीषण वर्षा, १२ जनाको ज्यान गयो

Photo - AP
Photo - AP

चीनमा भीषण वर्षाका कारण जनजीवन प्रभावित बनेको छ।

वर्षासँगै आएको बाढीका कारण चीनको मध्य क्षेत्रका स्थानीयहरु घर छोडेर सुरक्षित स्थानमा सर्न थालेका छन्। बाढीबाट जोगाउन हेनान प्रान्तमा १० हजार भन्दा बढि मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ।  

बाढीका कारण जङ्गजाउ शहरमा कम्तीमा १२ जनाको ज्यान गएको बताइएको छ। 

बाढीका कारण सडक यातायात तथा हवाई सेवा बन्द भएका छन्।  हेनान प्रान्तमा करिब ९ करोड ४० लाख मानिसको बसोबास रहेको छ। 

प्रकाशित मिति: : 2021-07-21 07:06:00

प्रतिकृया दिनुहोस्