फुटबल क्लब पीएसजीका डिफेन्डर आच्रफ हाकिमी कोरोना संक्रमित भएका छन्।
प्रि-सिजनको तयारी अन्तर्गत चाम्ब्ली एफसीसँगको मैत्रीपूर्ण खेलअघि परिक्षण गर्दा हाकिमीलाई कोरोना पोजेटिभ देखिएको हो।
कोरोना पोजेटिभ देखिएपछि हाकिमी सेल्फ आईसोलेसनमा बसेको क्लबले जनाएको छ।
हाकिमीलाई गत वर्ष पनि कोरोना संक्रमण देखिएको थियो।
मिलानबाट खेल्दै आएका हाकिमीलाई पीएसजीले हालै मात्र अनुबन्ध गरेको हो।