खोपका लागि वाग्मती प्रदेशले छुट्यायाे दुई अर्ब बजेट

वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कोरोनाको तेस्रो भेरियन्टमा बालबालिका अत्यधिक प्रभावित हुने भएकाले प्रदेश मातहतका अस्पताललाई २० प्रतिशत श्यया छुट्याउन निर्देशन गरेको छ।

सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले कोरोनाविरुद्धको खोप व्यवस्थापनदेखि सङ्क्रमितलाई उपचार गर्न अस्पतालमा श्ययाको तयारी तथा अक्सिजन प्लान्टको तयारी प्रदेश सरकार गरिरहेको जानकारी दिइन्।

चालू आर्थिक वर्ष २०७८/७९ मा प्रदेशका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने जनाउँदै उनले खोप लगाउन सरकारले विशेष प्राथमिकता दिएको र खोप व्यवस्थापनका लागि रु दुई अर्ब बजेट विनियोजन गरिएको बताइन्।

मन्त्रालयको गतिविधिका बारेमा आज सञ्चारकर्मीसँग आज कुराकानी गर्दै उनले खोप खरीदका लागि प्रदेश सरकारले पनि पहल गरिरहेको रसंभव नभएमा सङ्घीय सरकारसँग सहकार्य गरेर खोप लगाउने ल्याउने प्रतिवद्धता जनाइन्।

प्रकाशित मिति: : 2021-07-17 14:05:00

प्रतिकृया दिनुहोस्