आर्जेन रोबिनले घाेषणा गरे फुटबलबाट सन्यास

Photo : en.as.com
Photo : en.as.com

नेदरल्याण्डका चर्चित खेलाडी आर्जेन रोबिनले फुटबलबाट सन्यास लिएका छन्।

बायर्न म्युनिखका पूर्व विंगरसमेत रहेका रोबिनले विहिबार फुटबलबाट सन्यास लिएको घोषणा गरेका हुन्।

उनले एक विज्ञप्ति नै जारी गरेर यसबारे जानकारी दिएका छन्। ३७ वर्षीय रोबिनले २१ वर्षभन्दा बढी फुटबल जीवन बिताएका छन्।

रोबिनले बयार्नका लागि ३०९ खेल खेलिसकेका छन् भने १४४ गोल गरेका छन्। त्यस्तै उनले नेदरल्यान्ड्सका लागि पनि ९६ खेल खेलिसकेका छन् भने ३७ गोल गरेका छन्। 

प्रकाशित मिति: : 2021-07-16 06:43:00

प्रतिकृया दिनुहोस्