थप २६७६ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप २ हजार ६७६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

१२ हजार ७६८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ७८२ र एन्टिजेन विधिबाट ८९४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट निधन हुनेको सङ्ख्या ९ हजार ४६३ पुगेको छ।

यस अवधिमा १ हजार ७५७ जना सङ्क्रमणमुक्त भएका छन्। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार ६३९ जना रहेको मन्त्रालयले जनाएको छ।

    

प्रकाशित मिति: : 2021-07-15 16:54:00

प्रतिकृया दिनुहोस्