थप २३९८ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु 

देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ३९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ७ हजार ५८ को पिसिआर परीक्षणमा १ हजार ६३९ जना र ३ हजार ९५४ जनाको एन्टिजेन परीक्षण गर्दा ७५९ जनामा सङ्क्रमण पुष्टि भएको हो।

आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ६ लाख ५८ हजार ७७८ पुगेको छ। त्यस्तै पछिल्लो समय थप २ हजार ७८ जना निको भएका छन्। योसँगै निको हुनेको सङ्ख्या ६ लाख २३ हजार १०५ पुगेको छ।

अहिले देशभर २६ हजार २६१ सक्रिय सङ्क्रमित छन्। त्यस्तै पछिल्लो समय कोरोनाका कारण १२ जनाक मृत्यु भएको छ। योसँगै ९ हजार  ४१२ जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ।    

प्रकाशित मिति: : 2021-07-13 16:22:00

प्रतिकृया दिनुहोस्