भारतः हिमाचलका पूर्व मुख्यमन्त्री वीरभद्र सिंहको निधन

Photo : livehindustan
Photo : livehindustan

भारतको हिमाचल प्रदेशका पूर्व मुख्यमन्त्री तथा कांग्रेस नेता वीरभद्र सिंहको निधन भएको छ।

उनको शिमलास्थित इन्दिरा गान्धी मेडिकल कलेज तथा अस्पतालमा ८७ वर्षको उमेरमा निधन भएको हो। 

दोस्रोपल्ट कोरोना संक्रमण पुष्टि भएपछि पूर्व मुख्यमन्त्री सिंहलाई आइतबार अस्पताल भर्ना गरिएको चिकित्सक जनक राजले बताएका छन्।

हिमाचलका दिग्गज नेता सिंहको निधनले कांग्रेस पार्टी पंक्ति शोकमा डुबेको छ। उनले हिमाचल प्रदेशमा ६ पल्ट मुख्यमन्त्रीको कार्यकाल सम्हालेका थिए।

सिंह हिमाचलका जनतामाझ निकै लोकप्रिय मानिन्थे। उनी नौ–पटक प्रदेश सांसद र पाँच पटक केन्द्रीय सांसद भएका थिए।

प्रकाशित मिति: : 2021-07-08 08:00:00

प्रतिकृया दिनुहोस्