थप २३२८ जनामा कोरोना संक्रमण पुष्टि, ३०६६ जना निको 

पछिल्लो २४ घण्टामा थप २ हजार ३२८ जनामा कोरोना भाइरस पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार १३३ जनाको स्वास्थ्य परीक्षण गर्दा २ हजार ३२८ जनामा संक्रमण पुष्टि भएको हो।

सोही अबधिमा देशभर १९ सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म ९ हजार हजार १९८ जना सङ्क्रमितको मृत्यु भएको छ।

त्यस्तै सोही अबधिमा देशभर ३ हजार ६६ जना उपचारपछि निको भइ घर फर्किएका छन्। हालसम्म ६ लाख ६ हजार ६६६ जना सङ्क्रमित निको भइसकेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: : 2021-07-03 16:26:00

प्रतिकृया दिनुहोस्