बिरामी बाेकेकाे एम्बुलेन्स पहिरोले पुरियो, बिरामीको घटनास्थलमै मृत्यु 

कास्कीको मादी गाउँपालिकामा बिरामी बोकेर आउदै गरेको एम्बुलेन्स पुरिदा बिरामीको घटनास्थलमै मृत्यु भएको छ।

पालिकाको मुग्रीबेशीबाट विरामी लिइ थुम्सिकोट आउने क्रममा बीच बाटोको खहरे खोलामा एक्कासी पहिरो खस्दा एम्बुलेन्सको आधा भाग पुरिएको थियो।

पहिरोमा परि एम्बुलेन्स चालक घाइते भएका छन् भने एम्बुलेन्समा रहेकी बिरामी गोमा अधिकारीको निधन भएको छ। मादी ९ का वडाध्यक्ष तोरणबहादुर गुरुङका अनुसार  ८३ वर्षीय अधिकारीको घटनास्थलमै मृत्यु भएको हो।

परिवारका ७ सदस्यमध्ये सातै जना बिरामी परेपछि ती बृद्धालाई उपचारका लागि पोखरा ल्याइदै थियो। कोरोना भाइरस परिक्षण गर्दा छोरा र नाति/नातिनिको रिपोर्ट पोजेटिभ आएको थियो। मृतक बृद्धाको भने कोरोना परिक्षण गर्न बाँकी नै थियो।

दुर्घटनामा परि एम्बुलेन्स चालक घाइते पनि घाइते भएका थिए। सामान्य उपचारपछि चालक फर्केको जानकारी आए पनि पछि सम्पर्क हुन नसकेको वडाध्यक्ष गुरुङले बताए।

प्रकाशित मिति: : 2021-07-01 17:28:00

प्रतिकृया दिनुहोस्