आर.आर क्याम्पसमा प्रधानमन्त्रीकाे पुत्ला दहन (फाेटाे/भिडियाे)

शनि शाक्य

काठमाडौं

विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनले काठमाडौंको आर.आर क्याम्पसमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन्।

प्रतिनिधिसभा विघटन गरेको तथा एकपछि अर्काे असंवैधानिक कार्य गरेको भन्दै आन्दोलित विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनले बुधबार प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा विहीबार प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन्।

विद्यार्थी र प्रहरी बीच केही बेर मुठभेड समेत भएको थियाे। सोही क्रममा प्रहरीले छ जना विद्यार्थी नेतालाई पक्राउ गरेको छ। 

 

प्रकाशित मिति: : 2021-07-01 13:57:00

प्रतिकृया दिनुहोस्