प्रजातन्त्रको वकालत गर्ने ग्रान्डमा वोङ पक्राउ 

Wikipedia
Wikipedia

हङबङ प्रहरीले प्रजातन्त्रको वकालत गर्ने ज्येष्ठ महिलालाई पक्राउ गरेको छ। चीनको तियानमेन स्क्वायरमा भएको नरसंहारविरुद्ध प्रदर्शन गर्ने ६५ वर्षीया एलेक्जनड्रा वोङलाई प्रहरीले सोमबार पक्राउ गरेको हो। 

चिनियाँ अधिकारीहरुले नरसंहारविरुद्ध प्रदर्शन गर्नेहरुविरुद्ध शून्य सहनशीलताको नीति लिएको छ। बेइजिङको हङकङस्थित लियाजोन कार्यालय पनि वोङले विरोध प्रदर्शन गरेकी थिइन्। उनलाई गैरकानुनी सभामा भाग लिएको भन्दै पक्राउ गरेको हो।

वोङलाई स्थानीय क्षेत्रमा ग्रान्डमा वोङ  भनेर पनि चिनिन्छ। सन् २०१९ मा हङकङमा भएको विशाल प्रजातन्त्रको प्रदर्शनमा पनि उनी सहभागी थिइन्। उनलाई अक्सर युनियन ज्याक झण्डा लहराउँदै गरेको देख्न सकिन्छ। जुन बेइजिङकको शासनप्रतिको असन्तुष्टिको प्रतीक हो, र यस क्षेत्रलाई सन् १९९७ मा पूर्व औपनिवेशिक शक्ति बेलायतले चीनलाई हस्तान्तरण गरेको छ। 

हंङकङमा अब कुनै पनि किसिमको विरोध प्रदर्शन गर्न दिइने भएको छैन। अधिकारीहरूले प्रदर्शनलाई प्रतिबन्ध गर्न सन् २०२० मा नयाँ सुरक्षा कानुन ल्याइएको छ। 

प्रकाशित मिति: : 2021-07-01 10:11:00

प्रतिकृया दिनुहोस्