काठमाडाैंमा प्रधानमन्त्री ओलीकाे पुत्ला दहन (फाेटाे/भिडियाे)

शनि शाक्य

काठमाडौं

विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनले काठमाडाैंमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला गरेका छन्।

प्रतिनिधिसभा विघटन गरेको तथा एकपछि अर्को असंवैधानिक कार्य गरेको भन्दै आन्दोलित विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनले घोषित कार्यक्रमअनुसार बुधबार नयाँ बानेश्वरमा प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन्।

साेही क्रममा विद्यार्थीर प्रहरी बीच केही बेर मुठभेड भएकाे थियाे। काेराेना महामारीकाे समयमा भिडभाड नगर्न समेत प्रहरीले अनुराेध गरकाे थियाे।

काठमाडाैंसँगै नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी यनियन, अखिल छैटौँ लगायत पाँच विद्यार्थी संगठनका नेताहरूले देशैभर प्रधानमन्त्रीकाे पुत्ला दहन गरेका हुन्। 

प्रकाशित मिति: : 2021-06-30 17:50:00

प्रतिकृया दिनुहोस्