युरोकप २०२० को क्वाटरफाइनल समीकरण पूरा

युरोकप २०२० को क्वाटरफाइनल समीकरण पूरा भएको छ। गए राति सम्पन्न युक्रेन र स्वीडेन बीचको खेलसँगै क्वाटरफाइनल पुग्ने ८ वटै टिमको टुङ्गो लागेको हो।

अन्तिम आठमा इटाली, डेनमार्क, स्पेन, स्विट्जरल्यान्ड, बेल्जमय, चेक रिपब्लिक, इंल्यान्ड र युक्रेनले स्थान पक्का गरेका छन्। 

क्वाटरफाइनलमा अब स्विट्जरल्याण्डले स्पेनसँग, बेल्जियमले इटलीसँग, इंग्ल्याण्डले युक्रेनसँग र रिपब्लिक र डेनमार्क खेलसँग खेल्नेछ।

क्वाटरफाइनलमा बेल्जियम र इटलीबीचको विजेता अनि स्पेन र स्विट्जरल्याण्डबीचको विजेताले सेमिफाइनल खेल्नेछ।

अर्कोतर्फ इंग्ल्याण्ड र युक्रेनबीचको विजेता तथा चेक र डेनमार्कबीचको विजेताले अर्को सेमिफाइनल खल्नेछ।

क्वार्टरफाइनलका खेल आगामी शुक्रबारदेखि सुरु हुनेछ।

यस्ताे छ क्वार्टरफाइनलकाे खेल तालिका
स्विट्जरल्यान्ड भर्सेस स्पेन (असार १८ शुक्रबार राति ९ः४५ बजे) सेन्ट पिटर्गवर्ग, रुस 

बेल्जियम भर्सेस इटाली (असार १९ शुक्रबार मध्यरात १२ः४५ बजे) म्युनिख, जर्मनी

चेक गणतन्त्र भर्सेस डेनमार्क (असार १९ शनिबार राति ९ः४५ बजे) बाकु, अजरवैजान

युक्रेन भर्सेस इंग्ल्यान्ड (असार २० शनिबार मध्यरात १२ः४५ बजे) रोम, इटली

प्रकाशित मिति: : 2021-06-30 11:51:00

प्रतिकृया दिनुहोस्