क्वाटरफाइनलमा इटाली

Photo : Getty image
Photo : Getty image

 इटाली १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

युरोकप फुटबलमा अष्ट्रियालाई इटालीले पराजित गरेको छ। 

शनिबार राति भएको दोस्रो प्रि-क्वाटरफाइनलमा अष्ट्रियालाई २-१ गोल अन्तरले पराजित गर्दै इटाली जित निकालेको हो। यस जितसँगै इटाली क्वाटरफाइनलमा प्रवेश गरेको छ।

इटालीलाई जित दिलाउन फेडरिको चिसा र माटियो पेसिनाले एक एक गोल गरे भने अष्ट्रियाका सासा कलाडिज्कले एक गोल फर्काएका थिए।

निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो। 

प्रकाशित मिति: : 2021-06-27 06:32:00

प्रतिकृया दिनुहोस्