१८ वर्षे मिडफिल्डर क्लार्क लाइपजिगमा अनुबन्धित

Photo : SBSsports
Photo : SBSsports

अमेरिकाका युवा मिडफिल्डर काडेन क्लार्क जर्मन बुन्डेसलिगा क्लब आरबी लाइपजिगमा अनुबन्धित भएका छन्।

लाइपजिगले १८ वर्षीय अट्याकिङ मिडफिल्डर क्लार्कलाई न्युयोर्क रेड बुल्सबाट सन् २०२४ सम्मको लागि अनुबन्ध गरेको हो।

बार्सिलोनाको एकेडेमीमा हुर्किएका उनी २०२० मा एमएसएल क्लबमा अनुबन्धित भएका थिए। उनी एमएलएसको जारी सिजनसम्मको लागि न्युयोर्कबाटै लोनमा खेल्ने छन्।
 

प्रकाशित मिति: : 2021-06-25 06:55:00

प्रतिकृया दिनुहोस्