युरोकप फुटबलमा क्रोएसिया नकआउट चरणमा प्रवेश गरेको छ।
मंगलबार राति भएको खेलमा स्कटल्याण्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै क्रोएसिया नकआउट चरणमा प्रवेश गरेको हो।
क्रोएसियालाई जित दिलाउन निकोला भ्लासिच, लुका मोड्रिच र इभान पेरिसिचले एक एक गोल गरे। स्कटल्याण्डका कलुम म्याकग्रिगोरले एक गोल फर्काएका थिए।