राेनाल्डाेले किन बेच्न चाहन्छन् ट्रम्प टावरमा रहेकाे अपार्टमेन्ट ?

चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नो घर बेच्न चाहेको बताएका छन्।

रोनाल्डोले अमेरिकाको न्यूयोर्कस्थित ट्रम्प टावरमा भएको आफ्नो अपार्टमेन्ट बेच्न चाहेको बताएका हुन्। रोनाल्डोको अपार्टमेन्ट भएको टावर अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको हो।

पोर्चुगिज रोनाल्डोले उक्त अपार्टमेन्ट १८.५ मिलियन अमेरिकी डलर खर्च गरेर  सन् २०१५ मा किनेका थिए। अपार्टमेन्टको मुल्य लगातार घट्न थालेपछि रोनाल्डोले अपार्टमेन्ट जसरी पनि बेच्न चाहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। 

प्रकाशित मिति: : 2021-06-22 10:42:00

प्रतिकृया दिनुहोस्