बुधबार, १२ अगस्ट २०२६

थाइल्याण्डमा गाँजाकाे औषधि, कोराेना संक्रमित निकाे पार्ने दावी

News Image
Photo - The Standard
• • •

काेराेना संक्रमणका बिरामीहरूले गाँजालाई औषधिजन्य पदार्थका रूपमा प्रयाेग गर्न सक्ने थाइल्याण्ड मेडिकल रिसर्च इन्स्टिच्यूटले दावी गरेकाे छ।

यहाँकाे स्वास्थ्य मन्त्रालयकाे चिकित्सा विज्ञान विभागले गाँजाबाट विभिन्न राेगका बिरामीहरूलाई उपचारमा फाइदा हुने तर्क अघि सारेकाे छ।

कोराेना संक्रमित बिरामीकाे फोक्साेमा देखिएकाे समस्या गाँजाकाे जराले निकाे पार्ने रिसर्च इन्स्टिच्यूटले जनाएकाे छ। गाँजा प्रयाेगले बिग्रदाे स्वास्थ्य अवस्थामा समेत थप सुधार हुने अध्ययनकर्ताहरूकाे भनाइ छ।

काेराेना भाइरस संक्रमणले प्रायः बिरामीहरू फाेक्साेकाे तनाब थेगिरहेका छन्। तर, गाँजाकाे प्रयाेगबाट फाेक्साेकाे उपचार गर्न सकिने गुणहरू देखिएकाे दावी गरिन्छ।

थाइल्याण्डका उपप्रधान तथा जनस्वास्थ्य मन्त्री अनुटिन चर्नविराकुलले साेमबार गाँजाबाट बनेकाे औषधिजन्य पदार्थकाे अवलाेकन तथा उद्घाटन गर्दै थाइ जनताले काेराेनाभाइरसकाे त्रासबाट छिट्टै मुक्ति पाउने बताएका छन्। देशभर नै विभिन्न रोगहरूको उपचारमा गाँजाकाे गुणबारे अध्ययन र अनुसन्धान गर्दै लैजाले उनले स्पष्ट पारे।

गाँजाले बिरामीहरूकाे फोक्सो निको पार्न मद्दत पुर्‍याउन सक्ने अनुसन्धानबाट पत्ता लागेकाे चिकित्सा विज्ञान विभागले जनाएकाे छ। गाँजा औषधिजन्य पदार्थका रूपमा मात्रै नभइ भविष्यमा राष्ट्रिय अर्थतन्त्रसँग पनि जाेडिने महत्वपूर्ण पाटाे भएकाे जनस्वास्थ्य मन्त्रीले बताएका छन्।

गाँजा नेपालमा प्रतिबन्ध भए पनि थाइल्याण्डमा औषधिजन्य प्रयोगका लागि कानूनी मान्यता दिइएको छ। गाँजालाई छुट दिनेमा थाइल्याण्ड दक्षिण पूर्वी एसियामा पहिलो मुलुक मानिन्छ। तर, सिंगापुर, मलेसिया र इण्डोनेसियामा भने गाँजाको ओसारपसार गर्नेलाई मृत्युदण्डसम्मको सजाय दिइन्छ।

यहाँका मुख्य शहरका रेष्टुरेन्टहरूमा गाँजाबाट बनेका खानेकुरा र चिसाे पदार्थसमेत पाइन्छ। थाइल्याण्डमा गाँजा प्रयाेगका लागि कानूनी मान्यता भएका कारण पनि पर्यटक आगमनकाे केन्द्र बन्ने गरेकाे छ।

गाँजा संसारमा सबैभन्दा लोकप्रिय औषधि भएको थाइल्याण्ड मेडिकल रिसर्च इन्स्टिच्यूटले बताएकाे छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!