मौसम नखुल्दा राहत सामग्री बोकेर मनाङ गएका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल पोखरा फर्केका छन्।
नेपाली सेनाको हवाई जहाजमा उनी बिहानै पोखरा आइ पुगेका हुन्।
मुख्यमन्त्री पोखरेलले आजै विश्वासको मत लिने कार्यसुची छ। ११ बजे संसदको बैठक बसेपछि मत विभाजन हुने मुख्यमन्त्री कार्यालयले जनाएको छ।