कर्णाली सरकारले ल्यायो ३६ अर्ब ५४ करोड ६६ लाखको बजेट

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि ३६ अर्ब बढीको बजेट ल्याएको छ।

कर्णाली प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले आगामी आर्थिक वर्षको लागि कुल ३६ अर्व ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट प्रस्तुत गरेका हुन्।

कोरोना नियन्त्रण तथा रोकथाम र उपचारलाई प्राथमिकतामा राखेर कर्णाली सरकारले बजेट ल्याएको छ।

जसमा पूँजीगत तर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार र चालु तर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार बराबरको बजेट विनियोजन गरिएको भने वित्तीय हस्तान्तरणतर्फ तीन अर्ब ३९ करोड ९९ लाख ५३ हजार विनियोजन गरिएको मन्त्री शर्माले जानकारी दिए।

प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि ५३ करोड बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षमै कर्णालीका अस्पतालहरुमा स्वास्थ्य सम्बन्धी यन्त्रहरुको जडान, दक्ष कर्मचारीको व्यवस्थापन लगायतका काम प्रभावकारी बनाउने गरी बजेटको व्यवस्था गरिएको मन्त्री शर्माले बजेट भाषण मार्फत घोषणा गरेका छन्।

सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याउने गरी बजेट वक्तव्य सार्वजनिक गरेको हो।

प्रकाशित मिति: : 2021-06-15 19:16:00

प्रतिकृया दिनुहोस्