गण्डकीमा मुख्यमन्त्रीसहित आजै चार मन्त्री नियुक्त हुँदै

गण्डकी प्रदेशका नव नियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आजै (शनिबार) पद तथा गोपनीयताको सपथ लिदैछन्।

मुख्यमन्त्री नेपालीले अहिले  ७:३० बजे  सपथ लिदैछन्। उनले सपथ लिएलगत्तै मन्त्रीमण्डल विस्तार गर्न लागेका छन्।

उनले कांग्रेसबाट कुमार खड्का, माओवादी केन्द्रबाट मधु अधिकारी, जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्रबाट दीपक मनाङेलाई आजै मन्त्री नियुक्ति गर्दैछन्। 

प्रकाशित मिति: : 2021-06-12 18:53:00

प्रतिकृया दिनुहोस्