गण्डकी: शपथका लागि प्रदेश प्रमुखलाई भेट्दै विपक्षी गठबन्धन

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा शपथ खुवाउन माग राख्दै विपक्षी गठबन्धनले प्रदेश प्रमुखलाई भेट्ने तयारी थालेको छ। तोकिएको समय सकिँदा समेत प्रदेश प्रमुखले नबोलाएपछि विपक्षी आफैँ प्रदेश प्रमुख कहाँ आउन लागेका हुन्।

विपक्षी गठबन्धनका सांसद दीपक कोइरालाले शपथको माग राख्दै प्रदेश प्रमुख निवास आउने जानकारी दिए । यता विश्वासको मत लिन नसकेर पदमुक्त भएका पृथ्वीसुब्बा गुरुङले समेत मुख्यमन्त्रीमा दाबी गरिसकेका छन्।

सशरीर उपस्थित भएर प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका ३१ सांसद प्रदेश प्रमुख कहाँ आउँदै छन्।

प्रकाशित मिति: : 2021-06-12 16:03:00

प्रतिकृया दिनुहोस्