श्रीलङ्कामा आन्तरिक यात्रा प्रतिबन्धको समयावधि फेरि थप

Drishti IAS
Drishti IAS

श्रीलङ्कामा देशभरी लागु गरिएको यात्रा प्रतिबन्धको व्यवस्था अझै केही समय थप गरिएको छ। 

सरकारी अधिकारीहरुले आगामी जुन २१ सम्म देशभरी आन्तरिक यात्रा गर्न प्रतिबन्ध लगाएको जानकारी दिएका छन्। 

यसअघि लागु हुँदै आएको प्रतिबन्धात्मक व्यवस्थालाई निरन्तरता दिने विषयमा शुक्रबार निर्णय भएको उनीहरूले बताएका छन्।

कोरोनाभाइरसको महामारी अझै पनि नियन्त्रणमा आइनसकेकाले यात्रामा प्रतिबन्ध लगाउनु पर्ने भएको अधिकारीहरुले जनाएका छन्। 

सरोकारवाला तथा विज्ञहरुसँगको बैठक र सुझावका आधारमा यात्रा प्रतिबन्ध को अवधि लम्व्याउने निश्कर्षमा पुगेको श्रीलङ्काका सेना प्रमुख शाभेन्द्र सिल्भाले जानकारी दिए। 

राष्ट्रपति र प्रधानमन्त्रीद्वयले पनि यात्रा प्रतिबन्ध लम्ब्याउने कुरामा स्वीकृति दिएको कोरोनाभाइरस महामारी नियन्त्रण तथा व्यवस्थापन केन्द्रका प्रमुखसमेत रहेका प्रधान सेनापति सिल्भाले बताए। 

यसअघि लागु गरिएको यात्रा प्रतिबन्ध सम्वन्धी व्यवस्था यही जुन १४ तारिखमा सकिने भएकाले १५ तारिखदेखि लागु हुनेगरी प्रतिबन्धको नयाँ व्यवस्था गरिएको हो। श्रीलङ्कामा कोरोनाभाइरसको महामारीका कारण अहिलेसम्म दुई लाख १८ हजारभन्दा बढी सङ्क्रमित भएका छन्। रासस 

प्रकाशित मिति: : 2021-06-12 15:19:00

प्रतिकृया दिनुहोस्