भारतः सुरक्षा कारबाहीमा माओवादी सदस्य मारिए

Photo - Timesofindia
Photo - Timesofindia

भारतको प्रतिबन्धित भाकपा (भारतीय कम्युनिस्ट पार्टी) माओवादीका एक सदस्य सुरक्षा कारबाहीमा मारिएका छन्।

ओडिशा राज्यस्थित बरागढ जिल्लामा प्रहरीसँगको मुठभेडमा माओवादीका सदस्य शुक्रबार मारिएको भारतीय समाचार ऐजेन्सी पीटीआईले पुष्टि गरेको छ। तर, उनको पहिचान भने भएको छैन।

भूमिगत गतिविधिमा सक्रिय ती माओवादी सदस्य पदमपुर क्षेत्रको भाञ्जागुण्डा जंगलको प्रहरी कारबाहीमा मारिएको ओडिशा प्रहरी महानिर्देशक अभयले बताएका छन्।

सरकारी सुरक्षा बल र भारतीय माओवादीबीच भएको दोहोरो भिडन्तमा उनी मारिएका हुन्। सरकारले प्रतिवन्ध गरेको माओवादी संगठनबाट एके–४७ राइफल र तीन अन्य हतियार बरामद गरेको प्रहरीका अधिकारीले बताएका छन्।

प्रकाशित मिति: : 2021-06-11 15:18:00

प्रतिकृया दिनुहोस्