पाकिस्तानमा गर्मी समयमा बिद्युत आपुर्तिमा अत्यधिक कमी

The World Mews monitor
The World Mews monitor

पाकिस्तानमा गर्मी समयमा बिद्युतको माग छ हजार मेगावाट पुगेको छ।

गर्मी समयमा बिद्युत सेवाको मागमा वृद्धि हुनु माग बमोजिम आपुर्ति गर्न नसक्दा यसले पाकिस्तानका खासगरी सहरी क्षेत्रका नागरिकलाई पीडा भएको बताइएको छ। बिद्युत अभावका कारण पाकिस्तानी उद्योगहरू तथा कलकारखानाले समेत पूरा क्षमतामा सामान उत्पादन गर्न नसकेको बताइएको छ। 

टार्बेला बाँधमा बाढीले हिलो ल्याएको र बाँध मर्मत गर्नु परेकोले अनिश्चित कालका लागि बिद्युत् उत्पादन अवरूद्ध बनेपछि व्यापक लोडसेडिङ हुन थालेको एआरवाई न्यूजले पाकिस्तानी अधिकारीलाई उद्धृत गरी लेखेको छ। 

पाकिस्तानको लाहोर इलेक्ट्रिक पावर सप्लाई कम्पनीमा बिद्युतको माग पाँच हजार मेगावाट रहेको र हाल उत्पादित बिद्युतले थप एक हजार मेगावाटको मागलाई सम्बोधन गर्न नसक्दा अभाव देखिएको हो। पाकिस्तानका कराँची लगायतका सहरमा दैनिक १२ घण्टासम्म लोडसेडिङ हुनेगरेको एआरवाई नूयूजले जनाएको छ।

लकडाउन र लोडसेडिङका कारण पाकिस्तानी अधिकांश उद्योगहरूले दैनिक दुई घण्टामात्र सामान उत्पादन गर्ने गरेको कराँची इलेक्ट्रोनिक डिलर्स एसोसिएसनका अध्यक्ष रिजवान इरफानले बताए। एएन्आई

प्रकाशित मिति: : 2021-06-10 21:44:00

प्रतिकृया दिनुहोस्